शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

५ विद्यार्थी संगठनले आज देशभर विरोध प्रदर्शन गर्दै

५ विद्यार्थी संगठनले आज देशभर विरोध प्रदर्शन गर्दै

 

काठमाडौं । ५ विद्यार्थी संगठनहरुले संयुक्त रूपमा आज देशभर विरोध प्रदर्शन गर्दैछन्। विपक्षी गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरुले आज दिउँसो प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने भएका हुन् ।

नेपाली कांग्रेस निकट नेवि संघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं) लगायतले संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका हुन् । आज बिहान ११ बजेपछि ५ विद्यार्थी संगठनका स्थानीय नेतृत्वको अगुवाइमा प्रतिगमनविरुद्ध प्रदर्शन गर्न लागिएको हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend