नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन् । खड्काले पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन । पदमा रहँदा आयल निगमको जग्गा प्रकरणले निकै विवादमा तानिएका खड्कालाई सरकारले बर्खास्त गरेको थियो । उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप समेत लगाए । उनी बिभिन्न प्रकरणमा पनि बिवादित बन्दै आएका थिए । नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गरेको थियो । त्यसपछि आफूलाई सरकारले अन्याय गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा रिट निवेदन दिएका खडकालाई सर्वोच्चले काममा फर्कन निर्देशन दिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend