भारत जाने र फर्कने नेपाली माथि भारतीय प्रहरीले नेपालीलाई बिभिन्न दुख दिने गरेको समाचार बारम्बार आउने गर्छ । कहिले सामान चेकिङको क्रममा होस वा अन्य कारण नेपालीहरुलाई हैरानी खेलाउने गरेको छ । जसका कारण नेपाली भारतबाट काम गरेर स्वदेश फर्कदा प्रहरीबाटै असुरक्षित भएको महशुस गर्छन । यस्तै सीमा पुल तरेर भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट कुटिएका छन् ।
दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने पुलबाट घर फर्किंदै गरेका महाकाली नगरपालिका–१, छापरीका ५२ वर्षीय नन्दनराम लुहार बुधबार एसएसबीबाट कुटिएका हुन् । उनको आँखामा चोट लागेको छ भने टाउकोमा पनि बाधा पुगेको बताईएको छ ।
नेपाल प्रहरीका अनुसार एसएसबीको कुटाइबाट लुहारको आँखामा चोट लागेको जानकारी दिएको छ । उनको अहिले दार्चुला आँखा अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ । यस घटनाको बिषयमा मदिरा सेवन गरेका लुहारले अभद्र शैली देखाएकाले कुटपिट गरेको प्रष्टोक्ति भारतीय एसएसबीले आरोप लगाएको छ ।
तर यकिन नभएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ । घटनापश्चात भारतीय प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालयमा पुगेर सामान्य छलफल भएको र थप छलफल तथा छानबीन प्रक्रिया अगाडी बढेको नेपाल प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend