शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

 

 

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । यसै गरी एक जना घाइते भएका छन् । मंगलबार बिहान जिल्लाको सखुवाप्रसौनी गाउँपालिका ४ देवरबानाका ५५ वर्षीय रघुवीर यादवको भैंसी चराउने क्रममा आफ्नै खेतमा चट्याङ लागी घटनास्थलमै मृत्यु भएको हो ।

यसै गरी जिल्लाको पटेर्वासुगौली गाउँपालिका(१ गदियानीका २७ वर्षीय रुस्लान गदीको पनि चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । गदीसँगै भैंसी चराउन गएका राजवली गदी चट्याङ लागेर गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

खेतमा धान रोप्न गएका बेलामा चट्याङ लागेर जिल्लाको जिराभवानी गाउँपालिका ३ जितपुरकी ५० वर्षीया असतुरनी देवी थारुको पनि घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend