प्रहरीले पक्राउ गरेका हाम्रो टिम नेपालका अभियन्ता रिहा भएका छन् । बिबिसीको टप १०० प्रभावशाली महिला सूचीमा परेकी सपना रोका मगरसहितका १७ जना अभियन्तालाई पक्राउ गरेको थियो ।
हाम्रो टिम नेपालको कार्यालय खाली गराउने क्रममा प्रहरीले धरपकड गरेर उनीहरूलाई पक्राउ गरेको थियो । हाम्रो टिम नेपालले सार्वजनिक जग्गा कब्जा गरी टहरा बनाएको भन्दै महानगरले आज भत्काएको थियो । टहरा भत्काउन अवरोध गर्न खोज्दा उनीहरूलाई प्रहरीले पक्राउ गरी टहरा हटाएको थियो ।
महानगरले सार्वजनिक जग्गामा पार्क बनाउने भन्दै उनीहरूलाई यसअघि नै हट्न पटक–पटक ताकेका गर्दै आएको थियो । जग्गा खाली गराउन नमानेपछि बाध्य भएर टहरा हटाउनुपरेको महानगरले जनाएको छ । हाम्रो टिम नेपालका अभियन्ताहरूले त्यही भवनबाट निःशुल्क खाना खुवाउँदै आएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend