शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

भोलिबाट मोबाइल तथा कम्प्युटर पसल खुल्ने

भोलिबाट मोबाइल तथा कम्प्युटर पसल खुल्ने

 

 

भोलिबाट सातै दिन मोबाइल तथा कम्प्युटर पसल खुल्ने भएका छन् । आज बसेको काठमाडौं उपत्यकाका ३ सीडीओहरुको बैठकले सातै दिन इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) खुल्ने भएका हुन् ।

बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मोबाइल तथा कम्प्युटर खोल्न सकिने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।

डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, सुन पसल, भाडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस पसल, इलेक्ट्रोनिक पसल (मोवाइल तथा कम्प्यूटर पसल) र निर्माणजन्य सामग्रीको पसल, हार्डवेयर पसल, विजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर लगायतका पसल बिहान बिहान ११ बजेदेखि साँझ ६ बजे सम्म संचालन गर्न पाइने छ ।

त्यस्तै अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रायोजनका लागि काठमाडौं उपत्यका भित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

साथै काठमाडौं उपत्यका भित्र मात्र सञ्चालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन हुनेछन् ।

काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थपिएको छ । अत्यावश्यक सेवाहरु जस्तै खानेपानी, विद्युत, इन्टरनेट, टेलिफोन, प्रिन्ट लगायतका सेवामा विषय उल्लेख नगरि निर्वाध रूपमा सञ्चालन गर्न पाइने छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend