शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चल्न दिने निर्णय

भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चल्न दिने निर्णय

 

काठमाडौं । जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ ।

सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो ।जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend