काठमाडौँ । एमाले नेता बेदुराम भुसालले आफूमाथि स्वतन्त्र सांसदको हैसियतमा व्यवहार होस् भन्दै संसद् सचिवालयलाई पत्र लेखेका छन् । राष्ट्रिय सभा सदस्य रहेका भुसालले संसद् सचिवालयमा पत्र लेख्दै आफू स्वतन्त्र सांसद रहेको जानकारी गराएका हुन् । नेता भुसालले आफू तत्कालीन नेकपाको हैसियतमा निर्वाचित भएको र त्यहीअनुसार आफू स्वतन्त्र रहने गरी संसद् सचिवालयमा पत्रचार गरेको बताए । एमालेभित्र अन्तरविरोध उत्कर्षमा पुगेका बेला भुसालको यस्तो निर्णय आएको हो । उनी तत्कालीन नेकपाको हैसियतमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनले पत्रमा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि आफू दलविहीन भएको दाबी गरेका छन् । एमालेमा उनी माधवकुमार नेपाल निकट नेताका रुपमा चिनिन्छन् । एमालेभित्र विवाद भइरहँदा भुसालले आफू स्वतन्त्र सांसद रहेको बताउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend