प्रधानमन्त्री देखी सरकारमा रहेका मन्त्रीहरुले आफना सय दिने बाचा कबल सार्वजनिक गर्ने क्रम जारी छ । केही दिन अघी मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो सय दिनको कामको प्रगती बिवरण सार्वजनिक गरिसकेका छन् । पर्यटन मन्त्री देखी अन्य मन्त्रीहरुले पनि सार्वजनिक गरे ।
यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि बुधवार पत्रकार सम्मेलनमार्फत आफ्ना १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् । गत फागुन १४ गते गृहमन्त्रीको पद सम्हालेका बादल यातायात क्षेत्रमा (सिन्डिकेट) तोड्ने देखि सुन तस्करीको जालोलाई ठेगान लगाउने सम्मको कामलाई उपलब्धिको रुपमा सार्वजनिक गरे । गृहमन्त्री ‘बादल’ले लामो समयदेखि प्रहरीमा रोकिएको बढुवा प्रक्रियालाई निरन्तरता दिनु, ७ वटै प्रदेशमा सुरक्षा गोष्ठी गर्नुलाई पनि गृहमन्त्रीले आफ्ना १०० दिने उपलब्धिको लिएका छन् ।
गृहमन्त्रीले विकास निर्माणको कामको ढिलासुस्ती अन्त्य गर्न समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने प्रक्रिया पनि शुरु गरेका छन् । आफ्ना १०० दिने उपलब्धि सार्वजनिक गर्न बिहीवार गृहमन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेको बादलले राष्ट्रिय सुरक्षाका लागि विप्लव नेतृत्वको नेकपा चुनौती बनेको औलाएका छन् ।
चुनावका बेला बम बिस्फोट गराउनेदेखि बिभिन्न ठाउमा बम बिस्फोटन गराउने कामको भने उनलाई चित बुझेको छैन् । राज्य व्यवस्था नै उल्ट्याउँछु भन्ने, जनताले लामो संघर्ष र आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउन खोज्ने, यो एक प्रकारको अतिवादी राजनीतिक भएको गृहमन्त्री बादलको ठम्याई छ । विप्लवले राजनीतिक मूलप्रवाहमा आउन् भन्ने चाहना भएको गृहमन्त्रीको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend