सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालको जग्गा जमिन दलालको कब्जामा, कडा कदम चाल्दै कृषिमन्त्री

नेपालको जग्गा जमिन दलालको कब्जामा, कडा कदम चाल्दै कृषिमन्त्री

नेपाल सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेबले नेपालको जग्गाजति सबै दलालको   कब्जामा रहेको खुलासा गरेका छन् । मन्त्री बलदेवले देशभरका जग्गाहरु दलालको मनपरिले जमिन ध्वस्त भएको भन्दै भुमिसम्बन्धि नीति, ऐन भूउपयोग नीतिहरु बनाएर कृषियोग्य भूमि बचाउन ठोस कदम चालिने उनको भनाई छ । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कृषिको लागि हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको लागी समेत सहुलियतको ब्यवस्था गरिने उल्लेख गरे । अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले नीति बाहिरको अंशबण्डा रोक्नको लागि पहल गर्ने बताए । नेपालमा १ लाख २१ हजारको संख्यामा मोहीहरु रहेको बताउँदै उनले देशमा रहेका मोहीहरु हटाउने उदघोष समेत गरे । कृषिमा पनि रहेको सिण्डिकेट हटाउने मन्त्री खनालको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend