शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

युवा संघद्वारा मनाङमा १५ लाख बराबरको राहत सामग्री वितरण

युवा संघद्वारा मनाङमा १५ लाख बराबरको राहत सामग्री वितरण

 

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । केही समयअघि आएको बाढिपहिरोका कारण मनाङको तालमा करिव ७० घर परिवार प्रभावित भएका थिए । सोही स्थानमा दुई दिनको यात्रापछि संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा आज राहत वितरण गरिएको छ । संघले मनाङका बाढी तथा पहिरोबाट प्रभावित जनसमुदायलाई १५ लाख भन्दा बढीको नगद तथा जिन्सी राहत वितरण गरेको छ ।जसमा १२ लाख बरावरको राहत सामाग्रीहरु रहेका छन् भने करिव तीन लाख नगद रहेको छ ।राहत सामग्री हरु चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्ल्याङकेट लगायत रहेका छन् ।राहत वितरणको लागि संघका केन्द्रीय अध्यक्ष पौडेलसहित उपाध्यक्षहरु अमित लामा, क्षितिज थेवे महासचिव रमेश आचार्य, उपहासचिव रामजी सपकोटा लगायत केन्द्रीय सचिव, स्थायी कमिटी सदस्य लगायत रहनु भएको छ ।टोलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संघका इन्चार्ज महेश बस्नेतले केन्द्रीय कार्यालय नयाँ बानेश्वरबाट बिदाई गर्नुभएको थियो ।

वितरण गरिएको राहात सामाग्रीको विवरण

  • नगद तीन लाख लाख रुपैयाँ
  • चामल ३४५० केजी (११५ बोरा)
  • दाल ३७५ केजी (१५ बोरा)
  • आलु ७५० केजी (१५ बोरा)
  • प्याज २५० केजी (५ बोरा)
  • तेल ६०० लिटर (१० बक्स)
  • नुन १०० प्याकेट (२ बोरा)
  • त्रिपाल ३६ थान
  • व्ल्याङ्केट १६० थान
  • लत्ताकपडा ३०० थान
  • वाइवाइ ५० कार्टुन
  • बिस्कुट १२ कार्टुन

यस वर्षको मनसुन प्रारम्भसँगै शुरु भएको वर्षात का कारण २०७८ असार १ गते मनाङका विभिन्न भूभागमा बाढी पहिरोबाट सार्वजनिक संरचना र व्यक्तिका सम्पत्तिको अकल्पनीय क्षति भएको थियो ।क्षति स्थलहरुमध्ये घरहरु डुबी बगरमा परिणत भएको मजाङको तालमा ७० घर परिवार घरवारविहिन् भएका थिए । उक्त स्थलमा अहिलेसम्म प्रयाप्त राहात सामग्री पुग्न सकेको थिएन ।

जहाँ पीडा, त्यहाँ राष्ट्रिय युवा संघ भन्ने मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय युवा संघ नेपालले आज मनाङस्थित तालका ७० घरवारविहीन परिवारलाई संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले नासो गाउँपालिका वडा नं १ का वडाअध्यक्ष झलकमान गुरुङलाई क्षतिस्थलमै पुगी राहत सामग्रस् तथा नगद हस्तान्तरण गर्नु भएको छ ।

वितरण टोलीमा उपाध्यक्षद्वय क्षितिज थेवे र अमित लामा, महासचिव रमेश आचार्य, उपमहासचिव रामजी सापकोटा, सचिव गोविन्द बस्नेत, स्थायी कमिटी सदस्यहरु सम्राट गौचन, अमित पौडेल,वकिल बम, पेम्बा घले, सन्तोष सिलवाल र बाबू छत्कुली, सचिवालय सदस्यहरु कृष्ण दत्त जैसी, सुदिप श्रेष्ठ, बेनी कार्की, अभिषेक तिवारी, राजु पहारी, ऋषि बस्नेत र मदन गुरुङ, केन्द्रीय सदस्य ह्रदयन्द्र आचार्य, राजेश श्रेष्ठ लगायत स्थानीय नेता कार्यकर्ताहरु हुनुहुन्थ्यो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend