शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

न्यायपरिषद् सदस्यमा भण्डारी

न्यायपरिषद् सदस्यमा भण्डारी

 

 

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्यायपरिषद् सदस्यमा नियुक्त गरेकी छन्।

न्यायपरिषद् सदस्य लक्ष्मीबहादुर निरालाको वैशाख २१ गते निधन भएपछि उक्त पद खाली थियो। त्यहाँ रामेछाप खनियापानीका भण्डारीलाई लगिएको हो। न्यायपरिषद्ले न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाही, बर्खासी र न्याय प्रशासनसम्बन्धी अन्य विषयको सिफारिस गर्ने वा परामर्श दिने काम गर्छ।

प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषद्मा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, कानुन न्याय तथा संसदीय मामिलामन्त्री, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा २० वर्षको अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता सदस्य रहने व्यवस्था छ।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गर्ने एक जना कानुनविद् पनि न्यायपरिषद् सदस्य रहन्छन्। भण्डारी प्रधानमन्त्रीले सिफारिस गर्ने कानुनविद्को हैसियतमा न्यायपरिषद् सदस्य बनेका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend