सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सेयरबजार लगानीकर्ताको बिरोधका कार्यक्रम जारी, आज पनि कारोबार ठप्प

सेयरबजार लगानीकर्ताको बिरोधका कार्यक्रम जारी, आज पनि कारोबार ठप्प

हालै मात्रै सरकारले बोनस र हकप्रद शेयरमा अंकित मूल्यलाई आधार मानेर पुँजीगत लाभकर असुल्नु भने पछि सेयरबजार लगानीकर्ताहरुले धितोपत्र बोर्डमा धर्ना दिदै आएका छन् । साथै सेयर कारोबारको ब्रोकर कार्यालयहरुमा पनि धर्ना दिदै बिरोध जनाएका छन् । यही निर्देशनको विरोधमा सेयर लगानीकर्ताहरू केही दिनयतादेखि लगातार विरोधमा उत्रेका छन् । सोमबार नेपाल स्टक एक्सजेन्ज घेराउ गर्न पुगेका लगानीकर्ताहरु मंगलबार ब्रोकर कार्यालयमा गएर कारोबार ठप्प पारेका थिए । लगानीकर्ता संघहरुले यो निर्णयलाई अव्यवहारिक भनेका छन् ।लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याललका अनुसार बुधबार पनि प्रत्येक ब्रोकर कार्यालायमा गएर कारोबार रोक्ने र धर्ना दिने उनीहरुको योजना छ ।आन्तरिक राजस्व विभागले जारी गरेको पत्रले आमल लगानीकर्ताको भावनामा गम्भीर असर पार्नुका साथै करको सर्वमान्य सिद्धान्तलाई नै अपमान गरेको उनीहरुको ठहर छ ।आन्तरिक राजस्व विभागले बोनस र हकप्रद शेयरमा अंकित मूल्यलाई आधार मानेर पुँजीगत लाभकर असुल्नु भनेर धितोपत्र बोर्ड, नेप्से तथा सीडीएसीलाई निर्देशन दिएको थियो । सरकारको यो निर्णयले पुँजी बजारलाई निरुत्साहन गर्ने अर्याल बताउँछन् । लगानीकर्तारुले अब लगानीकर्ताको खरिद मूल्यमा हकप्रद र बोनस शेयरको मूल्यलाई जोडी औसत मूल्य कायम गरी सो रकमममा ७.५ प्रतिशत अन्तिम कर निर्धारण गर्न सरकारसँग अनुरोध गरेका छन् । यसअघि सरकारले ५ प्रतिशत कर लिँदै आएको थियो । तर बजेटमार्फत सरकारले कर बढाएर ७.५ प्रतिशत पुर्याएको छ ।
बजेट सार्वजनिक भएको केही दिनपछि आन्तरिक राजस्व विभागले पुनः अर्काे निर्णय गर्याे । जसको विरोधमा सोमबारदेखि लगानीकर्ता आन्दोलित बनेका हुन् ।यसअघि अर्थमन्त्रालयले आधार मूल्य तय गरिदिएको थियो । त्यही अनुसार पुँजीगत लाभकर गणना हुन्थ्यो । तर अब भने बोनस र हकप्रदलाई १ सय रुपैयाँ मानेर गणना गर्न निर्देशन दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend