शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

चूडामणि शर्मासहित तीन जनाविरूद्ध १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको भन्दै मुद्धा दायर

चूडामणि शर्मासहित तीन जनाविरूद्ध १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको भन्दै मुद्धा दायर

काठमाडौं । आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ। बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

उनीहरूसँग १ अर्ब ३३ लाख ३० हजार ३८५ रूपयाँ बिगो माग गरिएको छ । उनीहरुमाथि करदाताहरूको विभिन्न कर वक्यौतामा गैरकानुनी तरिकाले छुट दिएर भ्रष्टाचार गरको आरोप छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend