दाङ । दाङमा लकडाउनको समय लम्बिएको छ। असार १५ गते सम्म लकडाउन थपिएको हो । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले असार ८ गते सम्म जारी लकडाउनको समय बढाएर असार १५ गते सम्म पुर्याएको दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए। उनका अनुसार बजार ६ बजेदेखि २ बजे सम्म खुल्ने छन्। सरकारी कार्यालय र बैंक बिहान १० बजेदेखि ३ बजेसम्म खुल्ने छन्। गत वैशाख १७ गते देखि दाङमा लकडाउन जारी छ।
दाङमा अहिले २ सय ५६ जना सक्रिय संक्रमित छन्। वैशाख यता मात्रै ७ हजार ७ सय २० जनामा संक्रमण पुष्टि भएको छ।
ती मध्ये ७ हजार २ सय ६६ जना संक्रमणमुक्त भएका छन् भने १ सय ९८ जनाको मृत्यु भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend