काठमाडौंको माछापोखरीमा गएको १८ दिनदेखि निशुल्क खाना वितरण अभियान चलिरहेको छ । अभियान भुपेन्द्रजङ शाहीले सुरु गरेका हुन् । र शाहीले सुरु गरेको अभियानमा विभिन्न व्यक्तिले पनि सक्दो सहयोग गरिरहेका छन् ।
प्रस्तुत अभियानमा गायक युवराज चौलागाईंले पनि सहभागिता जनाएका छन् । विपी स्टडी युथ सर्कलको अभियान अन्तर्गत भइरहेको खाना वितरण स्थलमा हरेक साँझ र बिहान गरी ९ हजारभन्दा धेरै मानिसले खाना खाने गरेका छन् ।
खाना वितरण संस्था र खाना खान आउने मानिसहरूको हौसलाका लागि उपस्थित भएका युवराजले संकटको समयमा आफूले सकेको सहयोग गर्नु नै धर्म भएको बताए । ‘यस्तो अप्ठ्यारो समयमा सञ्चालन गरिएको यस अभियानमा जोडिन पाउँदा खुशी लागेको छ । जसले जसरी सकिन्छ सहयोग गर्नु पर्छ’, उनले भने । आफूले सकेको खण्डमा अभावमा सहयोग गर्नुपर्छ’, उनले थपे । स्थान हेरेर आर्थिक सहयोग गर्न नसकेको ठाउँमा हौसला दिएर पनि सहयोग गर्न सकिने उनको भनाइ छ । उनले केही समयअघि चलचित्र प्राविधिक संघलाई १५ हजार नगद सहयोग गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend