फाइलफाइल
ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोरोनाविरूद्ध कोभिसिल्ड खोप लगाउने भएको छ। महानगरले सूचना जारी गर्दै बुधबारदेखि दोस्रो मात्रामा खोप लगाइने बताएको छ। बुधबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइनेछ।
महानगरले ७७ वर्ष माथिका दुई हजार दुई सय २० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो। वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरूले मात्रै खोप लगाउन पाउने छन्। महानगरपालिकाले खोप लगाउन आठ वटा खोप केन्द्र तोकेको छ।
हेर्नुस् सूचना:
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend