सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आजदेखि खाद्य कम्पनीबाट छुट नपाइने

आजदेखि खाद्य कम्पनीबाट छुट नपाइने


 

 

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापर कम्पनीले मंगलबार (आज) देखि खाद्यान्नमा छुट नदिने भएको छ। निषेधाज्ञा खुकुलो भएकाले छुट नदिने भएको कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन्। अब निषेधाज्ञा खुकुलो भइसकेको छ। हामीले खाद्यान्नमा दिएको छुट आजबाट रोक्ने निर्णय गरेका छौं,’ उनले भनिन्। आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सरकारी स्वामित्वका दुई कम्पनी साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट विक्री हुने खाद्यान्नमा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुट दिइने उल्लेख थियो।

सो उल्लेख भएसँगै जेठ २० गतेदेखि कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छुट दिइएको थियो।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend