मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

चर्चामा रहेको सूचना प्रविधि विधेयक बहुमतले पारित, सामाजिक सञ्जाल चलाउन दर्ता गर्नुपर्ने

चर्चामा रहेको सूचना प्रविधि विधेयक बहुमतले पारित, सामाजिक सञ्जाल चलाउन दर्ता गर्नुपर्ने

काठमाडौं १३,पुस । अन्तत संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धी विधेयक बहुमतले पारित भएको छ । केही समय देखि चर्चामा रहेको सूचना प्रविधि सम्बन्धी विधेयक बहुमतले पारित भए संगै सामाजिक सञ्जाल दर्ता गर्नु पर्ने हुने छ । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको असहमतिका बाबजुद समितिले विधेयक पारित गरेको हो ।

समितिमा रहेका नेकपा सांसदहरुले विधेयकको पक्षमा मत दिएका हुन् । विधेयकमा फेसबुकसहितका सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नु पर्ने व्यवस्था रहेको छ र कांग्रेसले त्यसको विरोध गरेको छ ।

कांग्रेसका सांसदले भने विधेयकमा रहेका कतिपय व्यवस्थाले व्यक्तिको स्वतन्त्रता र गोपनियतासहितका मौलिक हकमा असर गर्ने भन्दै फरक मत राखेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend