बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

यसअघिका सरकारले गरेको बदमासीलाई वर्तमान सरकारसँग जोडेर हेरियो – प्रधानमन्त्री

यसअघिका सरकारले गरेको बदमासीलाई वर्तमान सरकारसँग जोडेर हेरियो – प्रधानमन्त्री

sf7df8f}m !@ k';M k|d cf]nL, g]skfsf cWoIf bfxfn;Fu ;Ddflgt kqsf/ k|wfgdGqL lgjf; afn'jf6f/df zlgaf/ k|]; ;ªu7g g]kfnsf] /fli6«o e]nf tyf zky u|x0f ;df/f]xdf ;Ddflgt kqsf/x? k|wfgdGqL s]kL zdf{ cf]nL, g]skfsf cWoIf k'iksdn bfxfn …k|r08Únufot;Fu ;fd"lxs t:jL/df . t:jL/ Mk|bLk/fh jGt÷/f;;

काठमाडौं,१२ पुस । बिभिन्न ठाउँका सरकारी जग्गा भाडामा दिएको बिषयमा टिका टिप्पणी भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताएका छन् ।

संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भाडामा दिएका जग्गाबारे यथार्थ रुपमा सार्वजनिक समेत गर्ने बताए । उनले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेकोमा आक्रोस पोखे ।

प्रधानमन्त्रीले बिगतका सरकारका पालमा ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो, तर अहिलेको सरकार कमिशनखोर होइन, जग्गा लिजमा दिइएको बारे छानविन गर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले यति समूहलाई जग्गा लिजमा दिइएको बारे छानविन हुने बताए । पहिले हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा लिजमा दिइएको दाबी गर्दे प्रधानमन्त्री ओलीले अहिले स्वतन्त्र विज्ञको सुझावका आधारमा सो जग्गा लिजमा दिइएको दावी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend