बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रेरक प्रसंगः बुद्ध भन्छन ऐना फुट्दा अनेकौं चित्र देखिन्छन, तर चित्र एउटै हुन्छ

प्रेरक प्रसंगः बुद्ध भन्छन ऐना फुट्दा अनेकौं चित्र देखिन्छन, तर चित्र एउटै हुन्छ

काठमाण्डौ १२, पुस । एक जना मुल्ला नसरुद्दीन रक्सी धेरै पिएर घर फर्किए । उनले हातमा चाबी लिएर ताल्चामा छिराउन खोजे । चाबी प्वालमा छिरेन । उनका हात काँपिरहेका थिए ।

नजिकै एक जना पुलिस उभिइरहेको थियो । उसले नसरुद्दीनको असफलता हेरिरहेको थियो ।

उसले भन्यो–‘ म केही सहायता गरौं ? दिनुहोस् मलाई चाबी मैले खोलिदिन्छु ।’

नसरुद्दीनले प्रतिक्रिया दिए–‘ तिमी चाबीको चिन्ता नगर । बरु तिमी यस काँपिरहेको घरलाई समाइदेऊ । चाबी म आफैं खोल्नेछु ।’
जब मानिसहरु रक्सी पिएर काँपिरहेका हुन्छन, उनीहरुलाई आफू काँपिरहेजस्तो लाग्दैन ।

घर काँपिरहे जस्तो लाग्छ ।तपाइँले कहिल्यै रक्सी पिउनुभएको छ ? भाङ खाएर बाटोमा हिड्नुभएको छ ?
अवश्य पनि हिँडेर हेर्नुपर्छ । एकपटक अनुभव गर्नुपर्छ ।

आफ्नो जीवनका बारेमा थाहा हुनेछ । आफैं खण्ड खण्ड भएको थाहा हुनेछ । बाहिरका चिज त अखण्ड छन,् तपाई अनेकौं टुक्रामा बाँडिनुभएको हुन्छ । ऐना फुट्दा अनेकौं चित्र देखिन्छन, तर चित्र एउटै हुन्छ ।

बुद्ध भन्छन–‘ चित्तमा कम्पन नआओस् । जसरी दियोको लप्का एकै ठाउँमा बस्छ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend