काठमाण्डौ । काठमाण्डौको सुकेधारामा बसले ठक्कर दिँदा एकजना विद्यार्थीको ज्यान गएको छ । पशुपति क्याम्पस चाबहिलमा बीबीएस चौथो वर्षमा अध्ययनरत छात्रा गोरखाकी सृष्टि पन्तको ज्यान गएको प्रहरीले जनाएको छ ।
भक्तपुरको कमलिवनायकबाट नयाँ बसपार्कका लागि छुटेको बा ४ ख ५९२० नम्बरको बसले ठक्कर बिहान क्याम्पस जान बाटो काट्ने क्रममा पन्तलाई बसले ठक्कर दिएको थियो । घाइते पन्तको उपचारको क्रममा चाबहिलको ओम अस्पतालमा ज्यान गएको हो ।
घटनाको विरोधमा पशुपति क्याम्पसका विद्यार्थीले त्यही रुटमा चल्ने बा ४ ख ७१०१ नम्बरको अर्को बसमा आगजनी गरेका छन् । तोडफोड गर्ने केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend