काठमाडौं ६, पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई अन्तत पारित गरेको छ ।
केही समय देखि गौतमलाई उपाध्यक्ष बनाउने कसरत भएको थियो । आजको बैठकले पस्ताव पारित गरे पछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुने नेकपाले जनाएको छ ।
नेकपाले पुस २३ गते केन्द्रीय कमिटी बैठक डाकेको छ ।मंसिर २९ गतेदेखि चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलले राखेका बेग्लाबेग्लै प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए । साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend