जनकपुरधाम ५ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैजनाले आ–आफ्नो जिम्मेवारी पूरा गरे देश समृद्ध हुने बताएका छन् । अकाउन्टिबलीटी ल्याबले शनिबार जनकपुरधाममा आयोजना गरेको सार्वजनिक सेवामा सदाचारिता विषयक अन्तर संवाद कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।
उनले आफू जहाँ छौँ त्यहिँबाट सदाचारिता, इमान्दारिता र जवाफदेहिता शुरु गरियो भने मुलुक समृद्ध बन्ने धारणा व्यक्त गरे । सबै नागरिकले आ–आफ्नो स्तरबाट जिम्मेवारी निर्वाह गरे एउटा समृद्ध मुलुकको सम्पन्न नागरिक कहलाउने जिकिर गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ चाँडै समृद्ध प्रदेशको सूचिमा समावेश हुने दाबी गरे ।
कार्यक्रममा प्रदेश २ नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, प्रदेशसभा सदस्य परमेश्वर साह, नेपाली कांग्रेस धनुषाका उपसभापति सन्तोष यादव, अर्थ्विद डा.सुरेन्द्र लाभ, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र लगायतका व्यक्तिहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend