काठमाण्डौ ३, पुस । बहिर्गमित जनमुक्ति सेना नेपालले आफना मागहरु अव समयमा सम्बोधन नगरे प्रमुख पार्टीका प्रमुख नेतालाई अन्तराष्ट्रिय अदालतमा मुद्घा हाल्ने चेतावनी दिएको छ ।
आज राजधानीमा अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो चेतावनी दिएको हो । बहिर्र्गिमत जनमुक्ति सेना नेपालका अध्यक्ष रमेश बसेल करणले शान्ति सम्झौतामा बाल सेनालाई तत्काल उद्घार र उचित व्यवस्थापन गर्ने भनेर सहमती गरे पनि आफूहरुलाई लत्याउने काम भएको बताए ।
सरकार लगायत नेकपाका अध्यक्ष प्रचण्डले एतिहासिक रुपमा शान्तिप्रक्रिया टुंङगिएको बताए पनि शान्ति प्रक्रिया केही व्यक्तीलाई टुंङगिए जस्तो लागे पनि आफूहरुलाई नटुंङगिएको अध्यक्ष करणको भनाई छ । उनले सरकारले बहिर्र्गिमत जनमुक्ति सेनाका मागलाई सम्बोधन नगरे फेरी अर्को ठुलो द्घन्द्घ हुने चेतावनी दिए ।
साथै नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा लगायत प्रमुख नेताहरुलाई अन्तराष्ट्रिय अदालतमा मुद्घा हाल्ने र कानुनी बाटो रोज्ने चेतावनी दिए ।
कार्यक्रममा मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले बहिर्र्गिमत सेनाको बिषयमा अन्याय भएको बताए ।
उनले तत्कालीन माओवादीले जसरी पनि बिदाई नगरे कानुनी दायरामा फसिन्छ भन्ने डरले जवरजस्ती बिदाई गरेको बताउँदै अहिले उनीहरुलाई व्यवास्था गरेको भन्दै दुःख व्यक्त गरे ।
सत्यनिरूपण मेलमिलाप आयोगका पूर्व सदस्य मञ्चला झाले द्घन्द्घमा प्रयोग गरिका बालबालिकाको अवस्था भयाभह भएको बताउर्दै यस विषयमा तत्कालीन बिद्रोही पार्टी र सरकार नै गम्भिर हुन नसकेको बताईन् ।
उनले द्घन्द्घमा प्रयोग गरिका बालबालिको मागलाई सरकार र राजनीतिकदलहरुले उनीहरुका माग सम्बोधन गर्न ढिलाई गर्न नहुने बताईन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend