सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सत्तारुढ दल नेकपा र राजपाबीच यस्तो भयो चामत्कारिक सम्झौता !

सत्तारुढ दल नेकपा र राजपाबीच यस्तो भयो चामत्कारिक सम्झौता !

काठमाडौं २, पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बिच चिसिएको सम्बन्धमा एकाएक उल्टीएको छ । यी दुई दलबिच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सम्झौता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट सहमती भएको हो ।

सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

राष्ट्रियसभामा प्रदेश २ का ८ मध्ये चार सिट २० फागुनबाट खाली हुँन लागेको अवस्थामा यस्तो सहमती गरका हुन् । उक्त पदमा ९ माघमा निर्वाचन हुने भएको छ । खाली हुने चारमध्ये दुुई दुई सिट लिने सहमति भएको नेकपा एक नेताले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend