सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सोझा जनतालाई के थाहा क्षिरसागरमा बिस पोखिएको छ भन्ने कुरा !

सोझा जनतालाई के थाहा क्षिरसागरमा बिस पोखिएको छ भन्ने कुरा !

बालकृष्ण ढकाल —
परिबर्तनको सपना देख्ने र देखाउने हरुको कुचिनडोमा आज कस्तो किसिम को मुकुनडो लगाइएकोछ जनता अनविज्ञ छन् । ठुला ठुला परिबर्तन का सपना र आकाक्षा मा अन्धकुप बनाइएका सोझा जनता लाई के थाहा क्षिरसागर मा बिस पोखिएको छ भन्ने कुरा ।

राजनीति को नाम मा बिश्वमा पुजनिय भयको सिद्धान्त र वाद हरुलाइ नक्कली गन्धेरस मा डुबाएर नौटङकि शैलीमा अमृतको स्वाद हो भनी जनता झुक्याएको खेल कसलाइ के थाहा । अबोधगम्य खेलहरु खेल्दै अभिघात गर्न पनि पछि नहट्ने यी शक्ति हरुको अकर्मण्यता को लेखाजोखा कसले गर्ने ।

कालपाश मा अल्झिन बाध्य पारिएका नेपाली जनताको कङकलासुर रोधन कसले सुन्छ । असी लाख युवाहरू बिदेशी भुमिमा कौडेकमारो बनेर रोहिरहेको नदेख्ने यी क्षोभी हरुको बिश्वास कतिन्जेल सम्म गर्ने ।

पार्टी भित्र ठाँउ पाइएन भनी गोहिको आँसु झार्दै हिड्ने्हरु माउ पार्टी सङग अपसृता गरि नयाँ मुकुन्डो लगाइ हिंड्न पनि पछि नपर्नेहरुको पनि कमि छैन यहाँ ।

आफ्नो शाख जोगाउन को लागि अघोरपन्थी बनेर ओढार छिर्नेहरु देखि सत्तामा रजाइ गर्न पाइएन भनेर रडाको मच्चाउने कपोतबृत्ती हरु अफुलाइ कपिध्वोज भन्न पनि पछि हटदैनन यहाँ ।

सत्ता हत्याउनकै लागि अधिक्रान्ती देखि अनरित द्वन्द गर्दै निमुखा जनता लाई वशमा पारेर तिकडमबाज को खेल पनि खेली भ्याएका सत्तासीनहरु अनुहारमा क्षेपारे रङ बदल्न कदाचित डराउदैनन । नेपालको राजनितीमा नेतृत्व पंक्ति मा छिद्रदर्शिता र छद्मभेदीहरुको मात्र बाहुल्यता हुनु रास्ट्रकै लागि अभिसाप ठहरिन्छ ।

काङ्ग्रेस को क्रान्ती कम्यूनिष्टहरुको युद्ध र क्रान्ती सबै खाले जगियामा सामेल भैसकेका जनताले बास्तबिकता बुझिसकेका छन। बिदेशी हरिया डलरको अपेक्षा गर्ने,बिदेशी प्रतिक्रिया बादी र साम्राज्यवादीको बकस पगरी गुथेर देश चलाउन दुश्प्रयास गर्नेहरुबाट केही होला भन्ने सपना बुन्नु अक्षेक्रीडामा दाउ पर्नु जस्तै हुन सक्छ ।

यति भन्दाभन्दै राज्य सम्यन्त्रमा के को अभाब भयो त भन्ने प्रश्न तरंगित हुनु आबस्यक देखिन्छ। आजको शासन पद्धति मा सहि दिशा निर्देश गर्ने अशल र बुद्धिजिबीहरुको आबस्यकता रहेको स्पस्ट छ।

चाकलमाडि र चुपिचनडाल हरुको दिमागबाट देश को समृद्धि खासै हुने देखिदैन ।क.माओ को क्रान्तिमा पनि बौद्धिक बर्गको अनखटटा देखिएको कारण अशंख्यक मात्रामा बुद्धिजीवी हरु भर्ना गरिएको इतिहास ताजै छ।

बिध्यार्थि र बुद्धिजीवी बिचको बिचारधारात्मक र राजनैतिक तत्परता को खाचो पुर्ण रुपले टार्न सक्नु नै असल राजनीति को शुत्राधार हुन सक्नु हो।हाम्रो देश मा आस्थाको अधार मा निरीह बनेर झोले प्रबृत्ति देखाउने तर समृद्धि को शुत्र खोज्न नचाहने अल्पबुद्धी हरुको जगजगिको कारन शासकले दोषमत्रै बेहोर्नु परेको यथार्थ स्पस्ट छ।

देशभर छरिएर रहेका शिक्षण संस्थाका प्रमुखहरु, शिक्षेक हरु,बिद्यार्थिहरु तथा विभिन्न संघ संस्था हरुको तह र तप्कामा रहेका बौद्धिक सर्कलहरुमा छलकपटको राजनीति होइन यथार्थ र देशले आबस्यक्ता ठानेको मुलमार्ग बाट आर्थिक सामाजिक र राजनीतिक क्रान्तिमा हातेमालो गर्न सक्नु पर्दछ ।

पार्टी भित्र इमान्दार , स्वाभिमानी र उच्च आदर्शबादी कार्यकार्ता भन्दा मण्डलेतन्त्र ,चैते ,टीके अनि भजनमनमनडलि हरुकै बाहुल्यता भयको कारन राजनीतिमा नाताबाद, कृपाबाद, परिबारबाद ,लूटतन्त्र ,सुबिधाभोग ,ब्याक्तीवाद र उपभोक्ताबाद कै हालिमोहाली देखिन्छ।पार्टी भित्र मात्रै नभैकन समग्र देशै भित्रका मानिस हरुमा इमान्दरिता नैतिकता र सकारात्मक तथा देश प्रतिको दायित्वको कमि रहेको छ।केवल बलमिचाइ मुठेउन्माद ब्यक्तिगत स्वार्थ गैरजिम्मेवार पन को चरम अतिक्रान्त बढीरहेको छ ।

शक्ति र पैसाको आडमा एउटा राजा होस वा रास्ट्रपति , एउटाि महिला होस वा पुरुश, ब्राह्मण होस वा दलित जो सुकै पनि अत्याचारी वा स्वेच्छाचारी बन्न सक्दछ । अथवा जस्तो सुकै खिङगुलि पनि गर्न पछि हत्दैनन यो नै आज देशले भोग्नु परेको अबोधगम्य समस्या हो।

उर्भरशिल युवाहरु कउडिको भाउमा बिदेशी भुमिमा बेचिनुपर्ने अनि बाकिरहेका हरु राजनैतिक खिसीटिउरि र गाडकोराकोरमै समय बिताउने गरेपछी देशले काहाबाट बिकासको गती लिनसक्छ । जरदबृत्ती पाएका, गाडागर्चा र गृध्रपतिहरुको झुन्डले देश बन्छ भन्नु कल्पनामै रमाउनु भन्द सिबाय केही होइन ।

युवाहरु सबै बिदेशिएकै कारण गाउँ बस्तीहरु रित्तिएका छन। बृद्ध, महिला र केटाकेटी बाहेक अरुको मुख देख्न नपाइने भएकोछ।कसैको घरमा बिरामी पर्दा डोलि उठाउने मान्छे छैन। राजनीति को रङ्गमन्चमा अन्धोपनको अभिनय गर्दै आफुलाइ खरोखलपात्रको रुपमा स्थापित गराइराखेका छन नेतृत्वहरु ।

तसर्थ अन्तमा के भन्न चाहन्छु भने अब देश ले बिकासको गति समात्नु छ भने नेतृत्व युवाको हातमा आउनु पर्छ । बुद्धि र विवेक तथा कुद्रती भाब ले काम को गति बढाउनु पर्दछ। दिर्घसुत्री र दुराग्रहिहरु बाट कदापी देश बन्दैन ।

देशमा ब्यप्त राजनैतिक शक्तिको भजन मात्र गाउने भजन मंडली हरुको भक्तीबादले अलि ठुलै समस्या सिर्जित भएको देखिन्छ ।वास्तबमा भक्तिबादले सहि ढंगको दिशानिर्देश गर्यो भने रास्ट्रले फाइदा पनि लिन सक्छ तर चपचण्ड, गृध्रपती,क्षोभी,अपभोगिहरु प्रती मत्रै अनुगृहित हुने छत्रधारी,खवासे प्रवृती मात्रै देखाउने भएभने नतिजा अतन्तै नाहाजुक पनि हुन सक्छ।

आफ्ना पक्षका नेताले राम्रा नराम्रा हर्कत गरेपनी सहि नै देख्ने प्रबृती हामिमा रहुन्जेल न त हामी बन्न सक्छौ न त देश नै बन्न सक्छ।देबताको पालामा पनिभक्तिबादको चरम प्रयोग हुदा कसैलाइ स्वर्गलोक मा बिराजमान गरायो ,कसैलाइ यहि मर्त्यलोकमा थच्चिनु पर्यो र कसैले नहुष स्वोर्ग बाट खसेजस्तो पातललोकमा नमजाले गिर्नु पर्यो। तसर्थ भक्तिबादको चरम प्रयोग पनि उपयुक्त नहुन सक्दछ ।

यतिमात्रै होइन अहिले त वाद हरुको गन्ती नै गर्न नसकिने अबस्था मा पुगिसकेकोछ । तेति धेरै बादका चाङ्हरु थुप्रीएका छन कि यिनिहरुको नाम कणठ पार्न कुनै विधावारिधिनै पार लगाउन पर्ने देखिन्छ ।

माक्सबाद,लेलिनबाद,मओबाद,गान्धिबाद,बि पि वाद ,प्लेटोवाद,हिन्दुबाद,इसाइबाद,इस्लाम्बाद,मधेसबाद, खम्बुवानबाद,लिम्बुवानबाद,तमुवानबाद,परिवारबाद,दादाबाद,फरियाबाद,लुरेबाद,सर्दा्रिबाद हामी सङग बादको संख्या कति हो कति ।

अब सबै वाद का पछिलागेर अन्धभक्त भै लिडेडिपि गरि नै रहने हो भने देस लाई सर्वगुमित बादमा पुर्यौन नसक्लाभन्न सकिँदैन। वाद संगै हागिएका पथहरु तेतिनै सिर्जित छन।महेन्द्रपथ,ज्ञनेन्द्रपथ,प्रचण्ड पथ, कमाउपथ,ध्रुवीकरण पथ,पथको पनि संख्या कति हो कति। यी पथहरुले पनिखासै सुनौलो मार्ग निर्दे्शित गर्न सक्ने देखिदैन।

कतिपय पथ हरु देशमा क्रान्तिकारी परिबर्तनको निम्ति भनेर जुँघा को लडाइँ बाट नाटकिय अबतार धारण गरेकाछन। तर कतिपय यी पथ हरुको कन्तबिजोग भयको हम्रै अँखा ले झलझली देखिरहेकाछौ।अन्तमा कसैलाइ मुसा हुन जुरेको छ कसैलाइ सिंह हुन जुरेको छ।कसैको नसिब च्यातेर हेर्ने हाम्रो धर्म पनि होइन।

हामिले के पनि हेक्का रख्नु पर्छ भने आफ्नु पथको विषयलाई लिएर जो बहस र पैरबी गर्छन उनिहरुको राजनितिक उधोगबाट दादाबाद यति मौलायको छकी धेरै जसो हामिहरु लुरेबादमा घटुवा भैसकेका छौ।यो सबै भक्तिबादको परिणाम हो।तसर्थ निर्लज्ज भयर क्षोभी र कन्थाधारी हरुको भजन गाएर मात्रै हिंड्न छाडौ। सत् बुद्धि प्रयोग गरेर रास्ट्र निर्माणमा लागौ। जय देश जय जन

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend