काठमाडौं ३०, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको सवारी दुर्घटना ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक संजाल देखि बिभिन्न संचार माध्यमले हवाई जहाज दुर्घटना हुँदा सरकारले हतारोमा प्रेस विज्ञप्ती निकाल्ने तर सवारी दुर्घटनामा दर्जनौको ज्यान जाँदा समेत सरकार केही नबोलेको भन्दै आलोचना भए पछि प्रधानमन्त्रीले ढिलै भएपनि सिन्धुपाल्चोकको दुर्घटनाबारे मुख खोलेका हुन् ।
साथै उनले आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको बताउँदै सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएको बताए ।
प्रधानमन्त्री ओलीले सवारी दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै हिजो खाना खान र सुत्न पनि नसकेको स्मरण गराए । घटनाको भोलिपल्ट गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले घटनाबारे चासो राखेका हुन् ।
आइतबार सिन्धुपाल्चोकको छ किल्लो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend