दोलखा २९, मंसिर । सिन्धुपाल्चोकको खाडिचौर जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दोलखा कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए ।
उनले दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताए । घटनास्थलमा नेपाल प्रहरी स्थानीय वासिन्दाले घाइतेको उद्धारमा लागेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend