काठमाडौं २६, मंसिर । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को चौथो अधिवेशन धुलिखेलमा सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागी नयाँ नेतृत्व समेत चयन गरेको छ ।
चौथो अधिवेशनबाट अध्यक्षमा प्राक्सीस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल गेन्द्र लामा निर्वाचित भएका छन् । लामा सहित १५ सदस्य कार्यसमिती निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा समिर बास्तोला, महासचिवमा राजन श्रेष्ठ, उप–महासचिवमा भिष्म ढकाल, सचिवमा दिपेश खत्री, कोषाध्यक्षमा मिन कुमार कोइराला, सह–कोषाध्यक्षमा सुदिप काफ्ले, सदस्यहरुमा लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोज कुमार धमला, होमलक्ष्मी गुरुङ, तेन्जिङ्ग भुटिया, राजकुमार गिरी, सन्तोष लुइटेल र अनिता गिरी निर्वाचित भएका छन् ।
सपथ ग्रहण समारोह पछि कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै नवनिर्वा्चित अध्यक्ष लामाले आफुलाई दिइएको म्मेवारीलाई इमान्दारिता र लगनशिलताका साथ निजी विद्यालयहरुको मर्म र भावना अनुरुप काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
साथै आफ्ना ठोस योजनाहरु केहि दिनमा नै पत्रकार सम्मेलन मार्फत जानकारी गराउने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend