सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रङ्गशालामा प्रहरीको ज्यादती कुटपिटबाट पत्रकार सुमन चापागाईं घाइते

रङ्गशालामा प्रहरीको ज्यादती कुटपिटबाट पत्रकार सुमन चापागाईं घाइते

काठमाडौं २४, मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) को समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकार सुमन चापागाईंलाई कुटपिट गरेको छ ।

नागरिक दैनिकमा कार्यरत पत्रकार चापागाईंलाई प्रहरीले मङ्गलबार बिहान दशरथ रङ्गशाला परिसरमा कुटपिट गरी घाइते बनाएको हो ।

प्रहरीको कुटपिट भएका घाइते उनको त्रिपुरेश्वरस्थित स्पोर्टस् मेडिसिन एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीको कुटाइबाट उनको कानबाट रगत बगेको छ ।

रङ्गशाला प्रवेश गर्ने दर्शकलाई प्रहरीले कुटपिट गरिरहेको तस्बिर खिच्ने क्रममा पत्रकार चापाईंमाथि कुटपिट भएको हो ।

प्रहरीले आफ्ना आफन्तहरूलाई बिना पास रङ्गशाला प्रवेश गराउँदै आए पनि आधिकारिक पास लिएर समाचार सङ्कलन गर्न जाने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुव्र्यवहार गर्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend