मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं २४, मंसिर । आज देशको पहाडी भू–भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ । देशको पहाडी भू–भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू–भागमा आंशिक बदलि रहनेछ ।
बुधबार दिउँसो देशको पश्चिमि भु–भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलि रही उच्च पहाडि तथा हिमालि भु–भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने तथा बाँकी भूभागमा मौसम आंशिक बदलि रहनेछ ।

बुधबार राती देशको पश्चिमि भु–भाग लगायत मध्य र पूर्वि पहाडी भू–भागमा सामान्य बदलि रही थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भू–भागमा आंशिक बदलि रहनेछ ।

विहिबार दिउँसो देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली भू–भाग हरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

विहिबार राती देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend