काठमाडौं २३,मंसिर । स्वास्थ्य सामाग्री, उपकरण तथा रसायन सम्बन्धी चौथो नेपाल मेडिकल एक्स्पो हुने भएको छ । उक्त मेला सन २०१६ देखि नेपाली बजारमा विश्वस्तरिय स्वास्थ्य प्रविधि भित्रयाउने लक्ष्य सहित मेडिकल एक्स्पोको आयोजना गरिएको मेलाका आयोजक भारतीय एस.डी प्रोमोले जनाएको छ ।
यही मङ्सिर २७,२८र २९ गते तीन दिन सम्म भृकुटी मण्डपमा चल्ने उक्त मेलाको सह–आयोजकमा रसायन तथा मेडिकल उपकरण आयातकर्ताहरुका छाता सगंढन (केमशन) रहेको छ । नेपालमा प्रदर्शन हुने एक मात्र वैज्ञानिक मेलाको उप–नामले पहिचान बनाउन सफल हुँदै आएको छ ।
यस एक्स्पोमा मेडिकल,सर्जिकल र डायग्नोस्टिक सहित तीन बिधाका विश्वस्तरिय उपकरण, प्रविधि र प्रयोग हुने रसायन सहितको प्रदर्शन गरिने छ । त्यस्तै अस्पताललाई चाहिने सम्पूर्ण उपकरण तथा शल्यक्रियाका नवीन प्रविधि सहित प्रयोगशाला उपकरणलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
मेलामा कुल दुई सय २० स्टल रहेनछ । नेपाली मेडिकल सामाग्री आयातकर्ताहरुको ६० स्टल रहनेछ भने बाँकी भारत,चीन,जापान,जर्मनी,तथा कोरियाका स्वास्थ्य सामाग्री उत्पादकहरू सहभागी रहने छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend