सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

१३ औं सागमा आज हुने यस्ता छन खेलहरू 

१३ औं सागमा आज हुने यस्ता छन खेलहरू 

काठमाडौं २०, मंसिर । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शुक्रबारबाट पोखरामा आर्चरीका खेल सुरु हुनेछन् । यस्तै दशरथ रंगशालामा एथ्लेटिक्सका इभेन्ट जारी हुनेछन् ।

जसमा महिला ५ हजार मिटरमा सन्तोषी श्रेष्ठबाट नेपालले पदकको आसा गरेको छ । यस्तै पोखरामा हुने ब्याडमिन्टनमा सबै इभेन्टका फाइनल हुनेछन् ।त्रिपुरेश्वरको दशरथ रंगशालामा बास्केटबलका खेल जारी रहनेछन् ।

शुक्रबारबाट सातदोबाटोको कराते कबर्डहलमा बक्सिङका पहिलो चरणका इभेन्ट हुनेछन् ।

पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्सबीच कीर्तिपुरमा खेल हुनेछ ।

फेन्सिङमा ३ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

पुरुष फुटबलमा शुक्रबार रेस्ट डे राखिएको छ ।

गल्फमा फाइनल चरणका खेल हुनेछ ।

ह्यान्डबल र कबड्डीका खेल पनि जारी रहनेछन् ।

सुटिङ पनि शुक्रबार जारी हुनेछ ।

शुक्रबारदेखि स्क्वास सुरु हुनेछ ।

पौडीमा ७ स्वर्णका लागि भिडन्त हुनेछ ।

टेनिसमा प्रतिस्पर्धा पनि जारी रहनेछ ।

कुस्ती जनकपुरमा बिहीबार सुरु हुनेछ ।
टेवलटेनिसमा शुक्रबार अन्तिम चरणका खेल हुनेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend