सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भारतले अतिक्रमण गरेको भूमि कुनै पनि हालतमा फिर्ता गरिन्छ — पूर्व प्रधानमन्त्री खनाल

भारतले अतिक्रमण गरेको भूमि कुनै पनि हालतमा फिर्ता गरिन्छ — पूर्व प्रधानमन्त्री खनाल

v'nf dGrdf cfof]hLt Pdfn]sf] k|yd /fli6«o k|ltgLwL kl/ifb j}7s;df/]fxnfO ;Djf]wg ub}{ cWoIf emngfy vgfn . tl:j/ k|lbk/fh jGt /f;;

इलाम  १९,  मंसिर  । नेकपा नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतले अतिक्रमण गरेको भूमि कुनै पनि हालतमा फिर्ता लिएरै छाड्ने बताएका छन । इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा पाँचदिने सूर्योदय महोत्सवको समापन कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन ।

अतिक्रमित भूमिबारे नेपालमा ऐतिहासिक एकता कायम भएको भन्दै खनालले नेपालीहरूबीचको एकता नै समस्या समाधानको ग्यारेन्टी भएको बताए । ‘जुनसुकै रूपमा लगिएको होस, हाम्रो भूमि फिर्ता गरेरै छाड्छौँ,’ उनले भने, ‘हामीलाई भारतको एक इन्च भूमि चाहिएको छैन र हाम्रो भूमि एक इन्च पनि छाड्दैनौँ ।’ उनले अतिक्रमित भूमिका बारेमा दलको आबद्धताभन्दा माथि उठेर एक हुन आह्वान समेत गरे ।

नेता खनालले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी मात्र नभई अनेकन ठाउँमा सीमा अतिक्रमण गरेर नेपाल र नेपालीलाई आघात पु¥याएको बताए । उनले कूटनीतिक र राजनीतिक पहलबाट अतिक्रमणमा परेको भूमि फिर्ता गर्न सरकार लागिपरेको भन्दै सर्वसाधारणलाई केही समय संयमित भएर बस्न आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend