इलाम १७, मंसिर । किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ को ६६औँ जन्मोत्सवको दिन मंसिर १८ गते बुधबार माङ्सेबुङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष १८ मंसिरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यो निर्णयलाई किरात धर्मावलम्बीहरूले ऐतिहासिक निर्णय भएको भन्दै स्वागत गरेका छन् ।
किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा हरेक वर्ष राज्यका विशिष्ट व्यक्तित्वहरूको उपस्थिती हुने गर्दछ
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend