बागलुङ १७ मंसिर । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिका ७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उद्धार कार्य जारी छ ।यस बारे बिस्तृत जानकारी आउन बाँकी छ । केही दिन अघि अर्घाखाँचीमा बस दुर्घटना हँुदा १९ जनाको ज्यान गएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend