काठमाण्डौं १५,मंसिर । ‘भुसाल समाज नेपाल’ को नवौं राष्ट्रिय महाधिबेशन शनिबार सम्पन्न भएको छ । बासुकी चौर बल्खुमा शनिबार सम्पन्न भएको उक्त समाजको नवौं राष्ट्रिय महाधिबेशनले नेपाल सरकारका पूर्व सचिव तथा पुननिर्माण प्राधिकरणका निवर्तमान सिइओ युवराज भुसाललाई अध्यक्षमा सर्वसम्वत चयन गरेको छ समाजको केन्द्रीय उपाध्यक्षमा माधब प्रसाद भुसाल, महासचिबमा इस्वरी प्रसाद भुसाल, सचिवमा भक्त राज भुसाल, कोषाध्यक्षमा कमला बराल भुसाल र सदस्यहरुमा टेक नारायण भुसाल,मुकुन्द भुसाल, दिनेस भुसाल, प्रबिण भुसाल, ,मदन भुसाल के सी,हिरा मणि भुसाल, हुमा भुसाल,कमला भुसाल र कृष्ण प्रसाद भुसाल रहेका छन् ।
अधिवेशनमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा का स्थायी कमिटी सदस्य पम्फा भुसाल, वेदुराम भुसाल पूर्वराजदूत चोप लाल भुसाल लगायत विभिन्न क्षेत्रका उच्च ब्याक्तित्वहरुको उपस्थित रहेको थियो यसैगरी विभिन्न क्षेत्रमा विभिन्न क्षेत्रमा क्रियाशील भुसाल बन्धुहरू (जेष्ठ नागरिक ८० वर्षमाथि, सरकारी संघसंस्थाको सेवामा सहसचिव वा सो सरहको पद र सो भन्दा माथिको पदमा कार्यरत कर्मचारी, विद्यावारिधी प्राप्त व्यक्ति, राजनीति, न्याय तथा कानून, सूचना सञ्चार, शिक्षा, कला, संस्कृति, खेलकुद क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्ति, एसईईमा प्राप्त गर्ने विद्यार्थी, स्वर्णपदक एवं नेपाल सरकारबाट अन्य विभिन्न पदक प्राप्त व्यक्ति एवं समाजलाई सहयोग गर्न व्यक्तिहरूलाई सम्मानित गरिएको कार्यक्रममा झण्डै दुई सय भुसाल बन्धुहरको उपस्थित रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend