अर्घाखाँची १५, मंसिर । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ को वडाअध्यक्षमा उपनिर्वाचनमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् ।
खनालले ११५९ मत ल्याई प्यानल विजयी भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनालले १०५३ मत ल्याएका छन् । कांग्रेसका शोभाखर खनाल १०६ मतले विजयी भएका हुन् ।
२०७४ को निर्वाचनमा तात्कालिन नेकपा माओवादी र नेपाली काँग्रेस को गठवन्धनका उम्मेदवार शोभाखर खनाललाई हराउँदै तत्कालीन नेकपा एमालेका उम्मेदवार जीवन कुमार चौहानले वडा अध्यक्ष पदमा निर्वाचीत भएका थिए ।
उता राप्रपाका रण बहादुर खनालले ४ मत ल्याएका छन् । बदर मत संख्या ९ रहेको छ । मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा शनिवार सम्पन्न उपनिर्वाचनमा कुल मतदाता संख्या ३०११ मध्ये महिला(१२३४, पुरुष(१००१ गरी कुल २२२५ मत खसेको थियो ।
तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका वडाअध्यक्ष जीवन चौहान २०७४ को मंसिरमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परेका थिए ।
सडक दुर्घटनामा परी गम्भीर घाइते भएका चौहानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा पुस महिनामा निधन भएको थियो । अहिलेसम्म कम्युनिस्टले जितिरहेको यस वार्डमा पहिलो पटक नेपाली कांग्रेसले जितेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend