सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

इन्धनको मूल्य घट्यो‚ ग्यासको यथावत

इन्धनको मूल्य घट्यो‚ ग्यासको यथावत

 

१६ पुष, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बुधबारको निर्णयअनुसार बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमका अनुसार प्रतिलिटर पेट्रोल ४ तथा डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले घटेको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ।

निगमले खाना बनाउने ग्यासको मूल्य भने यथावत् राखेको छ। आईओसीबाट ग्यासको मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य यथावत् राखिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend