सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

धर्म र जातको विषय संघर्ष र विवाद

धर्म र जातको विषय संघर्ष र विवाद

रबिन्स शर्मा,

९ पुष, काठमाडौं । विभिन्न देशहरूमा धर्म र जातको विषयमा लिएर विभिन्न खाले आन्दोलन संघर्ष र विवाद चलिरहेको कारण कति देशहरू टुक्रिने अवस्थामा पुगेको छ कति देशहरूमा स्थायी खाले द्वन्द चर्किरहेको छ।

कति देशहरुमा धर्म र जातकै कारण थुप्रै धर्मालम्बी लगायत सर्वसाधारण नागरिकहरु हताहत भएको घटनाहरु छन्। नेपालमा पनि धर्म र जातको नाउँमा आम नागरिकमा फैलाउने गतिविधि बेलाबखत भएको देखिन्छ तर नेपालीहरूमा भएकोसहिष्णुता र इमान्दारिताले गर्दा यस्ता घटनाले उग्र रुप लिन सकेको छैन।

यस्तो अवस्थामा हामी विद्यालय सञ्चालकहरूले यस्ता घटनाहरु नहोस् भन्नका लागि कुनै धर्म विशेषको प्रभाव पर्नेगरी विद्यालय हाताभित्र विभिन्न खाले पर्वजन्य सामग्रीहरु प्रयोग गरी कुनै धर्म विशेषमा प्राथमिकता दिने काम गर्नु हुँदैन विद्यालयमा अध्यापन गर्ने विद्यार्थीहरूको उमेर समूह लगभग १४, १५ वर्ष हुने र यो नाबालक उमेरमा हामीले कुनै जात विशेष कुनै धर्म विशेष लाई प्राथमिकता दिएर बच्चाहरु माथि आर्थिक भारदेखि धार्मिक कुरासहितको भार बोकाउँदा त्यसले नकारात्मक असर पार्न सक्दछ।
तसर्थ हामी सबै धर्मलाई बराबर प्राथमिकता दिन्छौं आफूलाई मन परेको धर्मआफै अवलम्बन गर्दछौँ।

आफूले अवलम्बन गरेको धर्म कसैमाथि थोपर्न वा प्रभाव पार्न पाइँदैन। त्यसमाथि विद्यालयमा पढ्ने कलिला विद्यार्थीहरुप्रति झन हुँदै हुँदैन।बालबालिकाहरूको उमेर पुगेपछि वा धर्म के हो भन्ने कुरा बुझिसकेपछि आफूलाई मनपर्ने धर्म अवलम्बन गर्नु उसको नैसर्गिक अधिकार हो।विद्यालय सबै धर्म विशेष जात विशेष वर्ग विशेषको साझा फुलबारी हो।
तर विभिन्न खाले गतिविधिले प्रभाव पारेर कुनै धर्मप्रति कुनै नबुझी अवलम्बन गर्नुपर्ने परिस्थिति सिर्जना गर्नु हुँदैन। यस विषयमा हामी सजग रहनुपर्छतसर्थ निजी तथा आवश्यक विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन सबै धर्मप्रति सम्मान गर्दै कुनै एउटा धर्म विशेषलाई प्राथमिकता दिने गरी विद्यालयमा कार्यक्रम नगर्नको लागि हार्दिक अनुरोध गर्दछु। लेखकः प्याब्सनका केन्द्रिय उपाध्यक्ष हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend