७ पुष, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हवात्तै बढेको छ । सोमबार प्रतितोता ३४ सय रुपैयाले बढेर सुनको मूल्य २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत सोमबार प्रतितोला २ लाख ६० हजार ७०० सय रुपैयाँ पुगेर सुनको मूल्य उच्च भएको थियो । एक सातापछि सोमबार (पुस ७) २ लाख ६१ हजार ७०० रुपैयाँमा पुगेर सुनको मूल्यले रेकर्ड तोडेको हो । आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि १३० रुपैयाँले बढेर ४ हजार २३५ रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार ४ हजार १०५ रूपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend