सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको अध्यक्षमा विष्णु गिरीको स्वभाविक उम्मेदवारी

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको अध्यक्षमा विष्णु गिरीको स्वभाविक उम्मेदवारी

 

५ पुष , काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको आज हुँदै गरेको महाधिवेशनमा विष्णुलाल गिरीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । हाल प्रथम उपाध्यक्ष रहेका गिरीले नेतृत्वमा दावी गरेका हुन् ।

उनले लामो समय महासंघका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव ; व्यवसायिक हक हित ,व्यवसाय प्रवर्द्धन तथा नीति निर्माण तहमा पुस्तक तथा स्टेशनरी व्यवसायीका पक्षमा पैरवी गरेर नजितामूलक काम गर्ने घोषणासहित अध्यक्षको जिम्मेवारी लिन चाहेको जनाएका छन् ।

यसअघिका सबै अधिवेशनमा श्रेष्ठता, सकृयता र कार्यसम्पादनका आधारमा सर्वसम्मतिले अध्यक्ष चयन हुँदै आएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको अभ्यास छ । सोही अनुसार अघिल्लो कार्यकालका प्रथम उपाध्यक्ष नारायण प्रसाद दाहाल निर्विरोध अध्यक्ष भएका थिए । उनको २ वर्षे कार्यकाल सकिएपछि हालका प्रथम उपाध्यक्ष गिरीले पनि श्रेष्ठता, सकृयता र कार्यसम्पादनका आधारमा अध्यक्षमा दावी गरेका हुन् ।

२२औं साधारण सभा तथा नवौं अधिवेशनको मूल व्यवस्थापन समितिका संयोजक समेत रहेका गिरीले २०७० सालमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौंको सदस्यता लिएका थिए ।

२०७५ मा कार्यसमिति सदस्य र २०७७ मा सचिव भएका गिरी २०८० मा भएको अधिवेशनबाट लोकप्रिय मत ल्याएर प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रथम उपाध्यक्ष हुँदा महासंघ काठमाडौंको अनुगमन समिति संयोजकसमेत रहेका गिरीले काठमाडौंका विद्यालय हातामा हुने अबैद्य पुस्तक विक्रि रोक्ने अभियानको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा पुस्तक व्यवसायिको हक, हितमा काम गर्न तथा सर्वाेच्च अदालतको विद्यालय हाता भित्र शैक्षिक सामग्रि विक्रि वितरण गर्न रोक लगाएको फैसलाको कानूनी आधारलाई पैरवी गर्दै काठमाडौंका सबै स्थानिय तहमा ध्यानाकर्षण पत्र बुझाई विद्यालय हाता भित्र हुने त्यस प्रकारका गतिविधि रोक्ने लगायत अन्य थुप्रै सिर्जनशिल कामहरु भएका छन् ।

उनले हाल भएका कामलाई संस्थागत गर्न र थप रचनात्मक काम गर्न महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । ‘मैले लामो समय महासंघमा काम गरेँ, त्यो सबै व्यवसायिहरुले नजिकबाट हेर्नुभएको छ । अहिले प्रथम उपाध्यक्ष पनि हुँ त्यसैले अध्यक्षमा मेरो उम्मेदवारी स्वभाविक छ ।’ गिरीले संचारकर्मीहरुलाई भने, ‘महासंघ केन्द्रका संस्थापक अध्यक्ष देखि हालसम्मका सवै अध्यक्ष सल्लाहाकार तथा महासंघलाई आजको मिति सम्म ल्याउन अहोरात्र खट्नुभएका अग्रजहरुको उच्च सम्मान गर्दै उहाँहरुको राय, सुझाव र समन्वयमा संस्थागत हितमा काम गर्ने हो । मलाई साथीहरुले निर्विरोध नेतृत्व दिएर एक पटक काम गर्ने अवसर दिनुहुन्छ भन्ने पुर्ण अपेक्षा गरेको छु ।’ विशुद्ध व्यवसायिक संगठन भएकाले अन्य फोरमहरुमा जस्तो अस्वस्थ प्रतिस्पर्धा पुस्तक व्यवसायीहरुमा नहुने उनको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend