४ पुष, काठमाडौँ । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ । यही पुस १० गते दशरथ रङ्गशालामा हुने समारोहमा काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने विश्वविद्यालयले जनाएको छ ।
त्रिविका अनुसार यसपटक १६ हजारभन्दा बढी विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुनेछन् भने अभिभावकसहित करिब ४१ हजारको उपस्थिति रहनेछ । दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीले गर्नेछिन् । समारोहमा विभिन्न सङ्काय र तहमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थीलाई पदक प्रदान गरिने छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend