४ पुष, नवलपरासी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रकाश ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र पहिलो निशानामा पर्नु दुःखद् भएको बताएका छन् ।
नवलपुर उद्योग वाणिज्य सङ्घको एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन उद्घाटन गर्दै उनले आन्दोलनका क्रममा उद्योग–व्यवसायमा लुटपाट, तोडफोड र आगजनी हुने घटनाले व्यवसायीको आत्मविश्वास कमजोर बनाएको बताए ।
गत भदौको आन्दोलनमा निजी क्षेत्रका प्रतिष्ठानमा भएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उनले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठूला आयोजना सञ्चालन गर्न सकिने उल्लेख गर्दै निजी क्षेत्रका व्यवसायीहरू मिलेर १० अर्ब रुपैयाँ लगानीको कम्पनी स्थापना गरिएको जानकारी पनि दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend