सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गरिँदै

कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गरिँदै

 

४ पुष,काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० को सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जन कार्य सुरु भइसकेको जानकारी दिएका छन् । सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहद्वारा आयोजित ‘बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादम्यता’ विषयक अन्तर्क्रियामा बोल्दै उनले परिमार्जित पाठ्यपुस्तक २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने बताए ।

उनले पाठ्यपुस्तक लेखनमा सरोकारवालासँग छलफल, लेखक अभिमुखीकरण तथा विविधताबीच एकताको खोजी गरिने उल्लेख गरे । कार्यक्रममा शिक्षा पत्रकार समूहले हाल प्रयोगमा रहेका पाठ्यपुस्तकहरूको बालमैत्री, लैंगिक समावेशिता, अपाङ्गता र भाषिक प्रयोगसम्बन्धी अध्ययन प्रस्तुत गरेको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले पाठ्यक्रम र पाठ्यपुस्तकबीचको अन्तर, कार्यान्वयनका चुनौती र समावेशी पाठ्यसामग्रीको आवश्यकतामाथि जोड दिएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend