सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अमेरिकाको ईडीभी कार्यक्रम तत्कालका लागि स्थगित

अमेरिकाको ईडीभी कार्यक्रम तत्कालका लागि स्थगित

 

४ पुष,काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न व्यक्ति डीभीमार्फत अमेरिका पुगेको र ग्रीनकार्ड पाएको खुलेपछि प्रशासनले यस्तो निर्णय गरेको हो।

घटनामा दुई जनाको मृत्यु र नौ जना घाइते भएका थिए। होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोइमले यूएस सिटिजनशिप एण्ड इमिग्रेसन सर्भिसेसलाई डीभी कार्यक्रम रोक्न निर्देशन दिइएको जानकारी दिइन्।

डीभी कार्यक्रममार्फत हरेक वर्ष करिब ५० हजार आप्रवासी अमेरिका जाने गरेका थिए। ट्रम्प प्रशासनको निर्णयसँगै लाखौँ नेपालीले आशा राख्दै आउने डीभी आवेदन पनि यस वर्ष खुलेन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend