सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीमा सानाकिसान कृषि सहकारी संस्था खिल्जीको २४औँ साधारण सभा तथा ९औँ अधिवेशन सम्पन्न

अर्घाखाँचीमा सानाकिसान कृषि सहकारी संस्था खिल्जीको २४औँ साधारण सभा तथा ९औँ अधिवेशन सम्पन्न

 

२७ मंसिर,अर्घाखाँची ।  अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–६, खिल्जीस्थित सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन आज मिति २०८२ मंसिर २७ गते सफलतापूर्वक सम्पन्न भएको छ।

प्रेमनारायण बेल्बासेको अध्यक्षता तथा राजु विकको सञ्चालनमा सम्पन्न साधारण सभामा संस्थाले गत एक वर्षमा गरेका आर्थिक गतिविधिहरू प्रस्तुत गर्दै आगामी रणनीतिहरू तय गरेको छ। सभाले संस्थाको आगामी चार वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति तथा लेखा समिति चयन गरेको छ।

नवगठित सञ्चालक समितिमा अध्यक्षमा श्री पुरुषोत्तम बेल्बासे चयन भएका छन्। उपाध्यक्षमा श्री मदनकुमार दमासे, सचिवमा श्री भुवन श्रेष्ठ र कोषाध्यक्षमा श्री सीता सुनार चयन भएका छन्। सदस्यहरूमा श्री मञ्जु आचार्य बस्नेत, श्री देवी नेपाली, श्री विष्णु प्रसाद श्रेष्ठ, श्री मुकुन्द खनाल र श्री हुम बहादुर सिंह ठकुरी रहेका छन्।

त्यसैगरी लेखा समिति संयोजकमा राजु सुनार चयन भएका छन् भने सदस्यहरूमा नीम बहादुर आचार्य र पवित्रा बेल्बासे चयन भएका छन्।

साधारण सभामा सहकारीको वित्तीय अनुशासन, सदस्य सेवा विस्तार र कृषि उत्पादन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend