२३ मंसिर, काठमाडौँ । भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच आज भएको वार्ता निष्कर्षविहीन बनेको छ। विभिन्न माग राख्दै देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँच–पास प्रक्रिया आजदेखि ठप्प पारेपछि विभागका पदाधिकारीहरू र महासङ्घबीच दिउँसो ३ बजे वार्ता बसे पनि समाधान ननिस्किएको स्रोतले जनाएको छ।
महासङ्घले भन्सार ऐन २०८२ का केही प्रावधानले व्यावहारिक समस्या सिर्जना गरेको भन्दै संशोधन तथा भन्सार नियमावलीमार्फत समाधान योग्य विषयमा छलफल गरिँदै आएको बताएको छ। आजको वार्ता ‘सकारात्मक वातावरण’ मा अघि बढेको भए पनि अन्तिम सहमति भने हुन सकेन।
विभागले भन्सार घोषणालाई निरन्तरता दिँदै वार्ता गर्न आग्रह गरेको थियो, तर महासङ्घले सो प्रस्ताव अस्वीकार गर्दै भोलिदेखि पनि कुनै भन्सार एजेन्टले भन्सार मूल्य घोषणा नगर्ने अडान दोहोर्याएको छ। यसैबीच, दुवै पक्षले भोलि पुनः बस्ने गरी वार्ता स्थगित भएकाे भन्सार स्रोतले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend