२२ मंसिर, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। सोमबार आएको अदालतको आदेशसँगै ऊर्जामन्त्री कुलमान घिसिङका लागि ठूलो राजनीतिक धक्का परेको छ।
सुशीला कार्की नेतृत्वको सरकारका समयमा घिसिङ प्राधिकरणमा आएपछि शाक्यलाई कार्यकारी निर्देशकको पदबाट हटाइएको थियो। पदबाट हटाइएपछि शाक्यले आफूलाई पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतको आजको निर्णयसँगै शाक्य पुनः प्राधिकरणको कार्यकारी निर्देशक पदमा फर्किने बाटो खुलेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend